गभर्नर चयन समिति विघटन, नयाँ सदस्यमा डा. पाण्डे नियुक्त

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति विघटन भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति विघटन भएको हो। यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा निर्वतमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य रहेका थिए। डा. पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन्। स्रोतका अनुसार उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको छ।