
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई वित्तीय तथा अन्य प्रशासनिक विवरण अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ।
बुधवार एक सूचना प्रकाशित गर्दै नेप्सेले कम्पनीहरूको प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समितिको जानकारी तथा वित्तीय विवरण अद्यावधिक गरी नोट्स लगइनमार्फत नेप्सेको वेबसाइटमा प्रविष्ट गर्न आग्रह गरेको हो। नेप्सेले सूचीकृत कम्पनीहरूलाई यस माध्यमबाट अद्यावधिक विवरणहरू पठाएमा ती जानकारीहरू लगानीकर्ताहरूले सजिलैसँग नेप्सेको वेबसाइटमार्फत हेर्न सक्ने जनाएको छ। विवरण उपलब्ध नगराउने कम्पनीहरूले तुरुन्तै सूचना प्रविष्ट गर्नु अनिवार्य रहेको छ । अन्यथा कारबाही प्रक्रिया अगाडि बढ्न सक्ने सम्भावना रहेको नेप्सेले जनाएको छ।
यस अभियानमार्फत सूचनाको पारदर्शिता र लगानीकर्ताहरूको जानकारी पहुँचमा सुधार आउने नेप्सेको विश्वास छ।