
काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशलमव ९६अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।