प्रि ओपन सेसन :नेप्से करिब १ अंक बढ्यो

काठमाडौँ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.८७ अंक घटेर २६३४.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९७ अंक बढेर २६३५.२१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको १४४ पटकको कारोबारमा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ १० पैसाबराबरको ५ हजार ६१५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।