
काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेछ। बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।