
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज वैशाख ३० गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति पाएको हो।
बैंकले १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्बको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो। जस मध्ये ३ अर्बले हुन आउने ३० लाख इकाई निजी तबरबाट बिक्री हुने छ भने २ अर्बले हुन आउने २० लाख इकाई सर्वसाधारणलाई बिक्री हुने छ।
यो ७ वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र हो । यस ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने छ। ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ।
ऋणपत्र निष्काशनको लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।