
काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशलमव ८७ अंकले घटेर २,६३४ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।