१६८ कम्पनीको शेयर घटे, बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.२४ अंकले घटेर २,६३४ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ६३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।त्यस्तै, गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.९३ प्रतिशतका दरले गुमाएका छन् ।