प्रतिनिधिसभाबाट बहुमतले पारित भयो नीति तथा कार्यक्रम

काठमाडौं । संसद्को तल्लो सदन प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको छ ।आज आइतबारको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। नीति तथा कार्यक्रम अब संसद्को माथिल्लो सदन राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।