फेकनको अध्यक्षमा उमेश कुश्वार निर्वाचित, १५ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौँ।स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि शनिबार सम्पन्न निर्वाचनबाट उमेश कुश्वार अध्यक्षमा निर्वाचित भएका छन्। गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा सम्पन्न निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष पदका लागि कुश्वार र रामशरण ढकालबीच प्रतिस्पर्धा भएको थियो। कुश्वारले १३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी ढकालले ७८ मत प्राप्त गरे।



यस निर्वाचनमा दुई उपाध्यक्ष पदका लागि पाँच जना, दुई सचिव पदका लागि तीन जना र सात सदस्य पदका लागि १२ जनाबीच प्रतिस्पर्धा भएको थियो। महासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

निर्वाचन समितिले घोषणा गरेको अन्तिम नतिजाअनुसार फेकनको नयाँ कार्यसमिति निम्नानुसार चयन भएको छः

अध्यक्ष: उमेश कुश्वार

उपाध्यक्ष: छविन्द्र ओझा

उपाध्यक्ष: बालकृष्ण बिष्ट ‘गगन’

महासचिव: दिपेन्द्र पोखरेल

सचिव: रामचन्द्र केसी

सह-सचिव: राजकुमार ढकाल

कोषाध्यक्ष: गौतम पुडासैनी

सह–कोषाध्यक्ष: मञ्जु लामिछाने

सदस्यहरू:

मन्दिरा सिटौला

निराजन रोका क्षेत्री

धिरज रायमाझी

रिजन मडै

योगेन्द्र चौहान

निराजन शिवाकोटी

वैकुण्ठ उप्रेती

नव-निर्वाचित कार्यसमितिले आगामी कार्यकालमा शैक्षिक परामर्श व्यवसायको सुदृढीकरण र नीति-निर्माणमा प्रभावकारी योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।