
काठमाडौं। नेपाली बजार सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो ।