पाँच कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लाग्यो

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएको छ । आज ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोपावर र ओम मेगाश्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।