दुवै बोटलर्स कम्पनीको मुनाफा घट्यो

काठमाडौँ । टलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित विवरण अनुसार यी दुबै कम्पनीको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बोटलर्स नेपाल (तराई) ले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६९.१० प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यसैगरी, बोटलर्स नेपाल (बालाजु)ले यस अबधिसम्ममा एक करोड ५९ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । यो गत आर्थिक वर्षको यसै अबधिको तुलनामा ७३.३१ प्रतिशतले घटेको हो । गतवर्ष कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।यसअवधिमा दुवै कम्पनीको सञ्चालन आम्दानी घटेको छ । बोटलर्स तराईको आम्दानी ४ अर्ब ९१ करोडमा झरेको छ । साथै, बोटलर्स बालाजुको आम्दानी ७ अर्ब ७ करोड रुपैयाँमा झरेको छ । यस अवधिमा दुवै कम्पनीको वित्तीय खर्च घटेको देखिन्छ ।

बालाजुको जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ भने तराईको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ । बोटलर्स नेपाल तराईले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी ८९ रुपैयाँ छ । बोटलर्स नेपाल बालाजुको प्रतिशेयर आम्दानी ६ रुपैयाँ छ ।