
काठमाडौं । बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको जनाएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।
निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी असार २४ गते हुनेछ । यसको अवधि २१ दिनको रहेको छ । यसको ब्याजदर बोलकबोल बाट हुनेछ ।