
काठमाडौं । शेयर बजारमा मंगलबार झिनो अंकको सुधार आएको छ। नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा बन्द भएको हो।बजार बढ्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक २.०३ प्रतिशतले उकालो लाग्दा अन्य समूह सर्वाधिक १.५८ प्रतिशतले ओरालो लागेको छ।
बजारमा आज १२० कम्पनीको शेयरभाउ बढेको छ भने १२६ वटाको घटेको छ। यो दिन बजारमा करिब पौने ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी:- सानिमा माई हाइड्रोपावरः ९२ करोड ८९ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ६७ करोड ३२ लाख रुपैयाँ,राधी विद्युतः ३८ करोड २२ लाख रुपैयाँ,युनिभर्सल पावरः ३६ करोड ११ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावरः ३२ करोड ७० लाख रुपैयाँ,रिडी पावरः २९ करोड ४१ लाख रुपैयाँ,साहस ऊर्जाः २८ करोड ९ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड २१ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः २१ करोड ९१ लाख रुपैयाँ, सीईडीबी होल्डिङ्सः २० करोड ४३ लाख रुपैयाँ ।