साहस उर्जाको मुनाफा ८३ करोड नाघ्यो, प्रति शेयर आम्दानी २९.४२ रुपैयाँ

काठमाडौँ। साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिमा ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको समान अवधिको ४७ करोड ८१ लाख नाफाको तुलनामा ७४.४५ प्रतिशतले बढी हो।

विद्युत बिक्रीबाट आम्दानी पनि उल्लेखनीय रूपमा बढ्दै २ अर्ब २ करोड रुपैयाँबाट २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। ब्याज खर्चमा समेत सुधार देखिएको छ; अघिल्लो वर्षको ९१ करोड ६८ लाख रुपैयाँको तुलनामा यो त्रैमासमा कम्पनीको ब्याज खर्च ६२ करोड ९८ लाख रुपैयाँमा झरेको छ।

३ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष (रिजर्भ) ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। हाल कम्पनीको प्रति शेयर आम्दानी (EPS) २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १८२ रुपैयाँ १८ पैसामा कायम रहेको छ।