यातायात कार्यालयले ८२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्‍यो

 काठमाडौँ ।  झापा स्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल रु. ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व संकलन गरेको छ। कार्यालयले चैत महिनामा मात्र रु. १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व संकलन गरेको हो। सवारी करबाट रु. ६९ करोड ६ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको अन्य आम्दानीबाट रु. ९६ लाख ६० हजार छ सय ६७, र सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब दस्तुरबाट रु. १२ करोड १२ लाख ८९ हजार छ सय ५१ संकलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए।

उक्त अवधिमा झापामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका छन्। कार्यालयका अनुसार सबैभन्दा धेरै तीन हजार दुई सय ३६ मोटरसाइकल दर्ता भएका छन् भने त्यसपछि ई–रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई–स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई–कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९ र एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन्। गत आवको अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी दर्ता रहेका थिए।