आजको संसद बैठकमा नीति तथा कार्यक्रममाथि केन्द्रीत छलफल हुने

काठमाडौं। संघीय संसद्को दुवै बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक अपराह्न सवा १२ मा बस्नेछ।आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयको सूचनामा उल्लेख छ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदले आ–आफ्नो भनाइ राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ मा दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।