आज शेयर बजारमा सबैभन्दा बढी कारोबार गर्ने १० कम्पनी

काठमाडौं । शेयर बजार सोमबार पनि ओरालो लागेको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा झरेको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूहमात्रै बढेका छन् बाँकी १० वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.२९ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक १.१३ प्रतिशतले घटेको छ। आज ८६ कम्पनीको शेयरभाउ बढ्दा १५९ कम्पनीको घटेको छ। एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

 उच्च कारोबार १० कम्पनी

  1. राधी विद्युतः ७६ करोड ५ लाख रुपैयाँ
  2. ङादी ग्रुपः ५५ करोड ६२ लाख रुपैयाँ
  3. सानिमा माई हाइड्रोपावरः ४८ करोड ५४ लाख रुपैयाँ
  4. युनिभर्सल पावरः ४७ करोड १५ लाख रुपैयाँ
  5. एनआरएन इन्फ्रास्ट्रक्चरः ३७ करोड ६९ लाख रुपैयाँ
  6. बरुण हाइड्रोपावरः २४ करोड ६७ लाख रुपैयाँ
  7. एचआईडीसीएलपीः २२ करोड ३४ लाख रुपैयाँ
  8. सीईडीबी होल्डिङ्सः १९ करोड ५१ लाख रुपैयाँ
  9. एचआईडीसीएलः १९ करोड १ लाख रुपैयाँ
  10. अरुण भ्याली हाइड्रोपावरः १५ करोड ५९ लाख रुपैयाँ