नेप्से ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ६२ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।