लक्ष्मी लघुवित्तको १३% नाफा वृद्धि, प्रतिशेयर आम्दानी १५ रुपैयाँ नाघ्यो

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोडभन्दा बढी खुद नाफा कमाउँदै अघिल्लो वर्षको यही अवधिको तुलनामा १३ प्रतिशत वृद्धि गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले बढेर १५ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २१ पैसा रहेको छ।

खुद ब्याज आम्दानी ३२ करोड ३४ लाख रुपैयाँ र सञ्चालन नाफा ६ करोड ८५ लाख रुपैयाँ पुगेको कम्पनीको चुक्ता पूँजी ४४ करोड १६ लाख, जगेडा कोष २ करोड ३५ लाख र रिजर्भमा झण्डै २३ करोड रुपैयाँभन्दा बढी रहेको छ। २ अर्ब ९५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह र साढे २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीको निष्क्रिय कर्जा दर ९.१६ प्रतिशत, आधारदर १४.६४ प्रतिशत र वितरणयोग्य नाफा २ करोड ३५ लाख रुपैयाँ पुगेको छ।