नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा बोलायो , छलफल हुने विषयहरू के के?

काठमाडौं । नेपाल माइको इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी जेठ १६ गते शुक्रबार भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहानको ११:०० बजे सुरू हुनेछ ।

सभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने छ ।

यस्तै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको नियुक्ति (निर्वाचन) गर्ने एजेन्डा रहेको छ ।