
काठमाडाैं। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आइतबार कायम मूल्यलाई नै आधार मानेर किनबेच भइरहेकाे महासंघले बताएकाे छ। आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा काराेबार भइरहेकाे छ।