ब्रिटिस कलेजले तेस्रो स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सम्पन्न, ‘आईओटी र आर्डुइनो’ मा आधारित प्रोटोटाइप विकास

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले लिड्स बेकेट विश्वविद्यालय (एलबीयू), बेलायतसँगको सहकार्यमा तेस्रो पटक स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। अप्रिल १९ देखि एक सातासम्म काठमाडौंमा सञ्चालन भएको यस कार्यक्रममा टीबीसी र एलबीयूका गरी १६ जना विद्यार्थी सहभागी भएका थिए। ‘सामाजिक परिवर्तनको लागि आईओटी र आर्डुइनो’ विषयमा आधारित कार्यक्रम अन्तर्गत सहभागीहरूले पहिरो, स्वच्छ पानी, वन्यजन्तु सुरक्षा, र वन विनाश जस्ता सामाजिक समस्याको समाधानमा लक्षित प्रोटोटाइपहरू निर्माण गरे।

यस क्रस–कल्चरल टिमवर्कमा आधारित कार्यक्रममा सहभागी विद्यार्थीलाई टिममा बाँडेर पहिरो चेतावनी प्रणाली, स्मार्ट पानी गुणस्तर निगरानी, नाइटगार्ड प्रणाली, र वन विनाश निगरानी एपजस्ता समाधानहरू विकास गराइएको थियो। कार्यक्रमको नेतृत्व एलबीयूकी डा. पूनेह बघेरी जादेह र टीबीसीका डा. रोहितराज पाण्डेले गरेका थिए भने कलेजका अन्य संकाय सदस्यहरूको पनि सक्रिय सहभागिता थियो। कार्यक्रममा अनुसन्धान, संयुक्त अध्यापन र डिजिटल शिक्षामा भविष्यका सहकार्यका सम्भावनाहरूबारे पनि छलफल गरिएको थियो।