
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ४४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ११७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५१ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।