
काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह,गृहमन्त्री रमेश लेखक,मन्त्रीहरु,नेपाल सरकारका उच्च अधिकारी सहभागि थिए। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।