सुनको मूल्यमा वृद्धि, हालको कारोबार मूल्य कति?

काठमाडाैं। आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँमा काराेबार भइरहेकाे छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ किनबेच भएकाे थियाे।