चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ४.६१ प्रतिशत पुग्ने प्रारम्भिक आँकलन

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । कार्यालयले चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।