
काठमाडौं, १७ वैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.९४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८०.४७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.५९ प्रतिशत र सञ्चालन मुनाफा ४५.९४ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ८ पैसा घटेर ७ रुपैयाँमा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०८.६७ गुणा रहेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ। १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।