प्रि ओपन सेसन :  नेप्से सामान्य अंकले घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार १५.०८ अंक घटेर २६३१.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०७ अंक घटेर २६३१.९० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ४४ स्टकको १५१ पटकको कारोबारमा २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँ १० पैसाबराबरको ३ लाख ३७ हजार ४३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।