
काठमाडौँ । वाणिज्य बैंकमार्फत सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्ने क्रममा कुनै पनि दस्तुर वा शुल्क लिन नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सुन व्यवसाय गर्ने संघ वा महासंघहरूले व्यवसायीलाई वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस गर्दा कुनै प्रकारको सिफारिस शुल्क लिन नहुने स्पष्ट पारेको हो।
राष्ट्र बैंकका अनुसार यो निर्णय सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा १४ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ बमोजिम गरिएको हो। केन्द्रीय बैंकले संघसंस्थाहरूलाई यो नियम पालना गर्न सूचित गर्दै सिफारिस प्रक्रिया शुल्करहित बनाउन निर्देशन दिएको छ।