आज यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युतका लगानीकर्ताले ७ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।