एनएमबी बैंकले ५ अर्बको '७% एनएमबी पावर बन्ड १' निष्कासनका लागि सेबोनमा प्रस्ताव

काठमाडौं। एनएमबी बैंकले ५ अर्ब बराबरको बन्ड बिक्री अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरले ५० लाख इकाइ बन्ड बिक्री गर्न अनुमति मागेको हो।

२० लाख इकाइ सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी ३० लाख इकाइ बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।एनएमबी बैंकले ७ वर्षे अवधिको ७ प्रतिशत ब्याज दिने गरी ‘७% एनएमबी पावर बन्ड १’ निष्कासन गर्न लागेको हो। बैंकको बन्ड बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।