ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्रीन डेभलपमेन्ट बैंकको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गराएको हो। सूचीकृत सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबारयोग्य हुनेछ।