
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाउँदै छ ।
२०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
राष्ट्र बैंकले ७० औं वार्षिकोत्सवको अवसरमा कामु गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधरकणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिवद्धता’ व्यक्त गरेकी छन् ।
वार्षिकोत्सव राष्ट्र बैंकले विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।