कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

यो सेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

यसका लागि ३५ दिनको अवधि दिइएको छ।तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।