
काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। मंगलबार हालसम्मकै ऐतिहासिक मूल्यमा कारोबार भएको सुन बुधबार सात हजार ५०० रुपैयाँले घटेको हो।
बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयामा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।