ट्रष्ट माइक्रो इन्स्योरेन्सले आइपीओ ल्याउने तयारी, प्रस्ताव पारित गर्न साधारण सभा आह्वान

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आइपीओ प्रस्तावसहित आगामी जेठ १ गते वार्षिक साधारण सभा गर्ने भएको हो । कम्पनीको सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा हुनेछ । सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । यसका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २५ गते बुक क्लोज गर्दैछ।