गोविन्द घिमिरे एनएमबी बैंकको नयाँ सीईओमा नियुक्त

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त भएका छन्। बैंकको फागुन २५ गतेको सञ्चालक समिति बैठकले उनलाई वैशाख १० देखि लागू हुने गरी नियुक्त गरेको हो। यसअघि नायब सीईओ रहेका घिमिरेले सुनील केसीको कार्यकाल समाप्त भएपछि नेतृत्व सम्हालेका हुन्। साथै, सुदेश उपाध्यायलाई वरिष्ठ नायब सीईओमा पदोन्नति गरिएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशतले वृद्धि गरेको छ।

प्रतिसेयर आम्दानी १७.२३ रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यद्यपि, लोन लस प्रोभिजन ८० करोडबाट १ अर्ब २९ करोड रुपैयाँमा पुगेको छ र निष्क्रिय कर्जा दर २.८६ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।