शेयर बजार आज पुनः घट्यो, नेप्से ९.९६ अंकले ओरालो

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ९६ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने१६० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको ४० करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका लगानीकर्ताले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।