साताको अन्तिम दिन सेयर बजारमा उत्साह, नेप्से २७२२ अंकमा उक्लियो

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार बढेर बन्द भएको छ । बजार फेरि २७०० माथि उक्लिएको छ । आजको बजारलाई हेर्दा लगानीकर्तामा भने केही आशा पलाएको देखाएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ४९ अंकले बढेर २,७२२ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनकिो १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भउको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।