बीमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड आजदेखि विक्रिमा, 'रिलायबल समृद्धि योजना' सार्वजनिक

काठमाडौँ ।  रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आज वैशाख ३ गतेदेखि सामुहिक लगानी कोषको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले रिलायबल म्युचुअल फण्ड नाम अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजना नामको बन्दमुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको हो।

यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको छ । जस मध्ये कोष प्रबर्दक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र योजना व्यवस्थापक रिलायबल क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ।  बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम अधिकतम १ करोड कित्ताको लागि आवेदन दिन सकिने छ। इकाई निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।   यस निष्काशनमा छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख वैशाख १७ गतेसम्म आवेदन दिन सकिने छ। रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो ।