
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ ।
संस्थाको संचालक समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको निर्वाचन समेत गरेको छ ।