आज सेयर बजारमा सबैभन्दा बढी कारोबार भएका १० कम्पनी

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ को विन्दुमा उक्लिएको हो।बजार बढ्दा नेप्से उपसमूहमा रहेको ११ वटा समूह बढेका छन् भने दुईवटा समूह घटेका छन्। यो दिन लगानी समूह सर्वाधिक २.७१ प्रतिशतले बढेको छ भने व्यापार समूह सर्वाधिक ०.६४ प्रतिशतले घटेको छ।

आज बजारमा २१२ कम्पनीको शेयरभाउ बढ्दा ३४ वटाको घटेको छ। यो दिन बजारमा साढे ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बलेफी हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी:-बलेफी हाइड्रोपावरः २ अर्ब १ करोड २९ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ४२ करोड २२ लाख रुपैयाँ,राधी विद्युतः ३६ करोड २२ लाख रुपैयाँ,सीईडीबी होल्डिङ्सः ३२ करोड ७७ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः ३१ करोड २० लाख रुपैयाँ,हिमालयन पावर पर्टनरः ३० करोड ९ लाख रुपैयाँ,ङादी ग्रुप पावरः २६ करोड ६३ लाख रुपैयाँ,एचआईडीसीएलः २३ करोड ६ लाख रुपैयाँ,गार्डियन माइक्रो लाइफः १७ करोड ६१ लाख रुपैयाँ,निफ्राः १६ करोड २६ लाख रुपैयाँ