
काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव १४ अंकले बढेर २,६८९ दशलमव २२ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज कारोबार रकम पनि बढेको छ । आज ट्रेडिङ र म्युचुअल फन्ड उपसमुह मात्रै घटेको छ । आज सबैभन्दा धेरै इन्भेस्टमेन्ट उपसूचकमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यस उपसूचक २ दशलमव ६३ प्रतिशतले बढेको हो । आजको बजारलाई हेर्दा लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २ अर्ब १ करोडको शेयर कारोबार भएको छ । एनआरएनको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युतको ३६ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । नेपाल माइक्रो इनस्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।