नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले साढे ८ लाख  कित्ता सेयर बिक्रीमा ल्यायो

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले लिलाम प्रक्रिया मार्फत् संस्थापक सेयर बिक्रीमा राखेको छ।बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ तोकिएको छ।

सेयरधनीले खरीद आवेदन दिँदा घटीमा १ लाख २५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग राख्न सक्नेछन्।यसमा आज वैशाख २ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति वैशाख ९ गते रहेको छ। इच्छुक संस्थापक सेयरधनीले नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) बाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।