
काठमाडौँ । एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्काशन गरेको १० वर्षे अवधिको एनआईसी एशिया डिबेञ्चर २०९१ चैत ३१ गते बाँडफाँड गरेको छ । उक्त ऋणपत्रको ७ प्रतिशत ब्याजदर रहेको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएकोमा ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको थियो।
सर्वसाधारणलाई छुट्याइएकोमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकीका लागि आवेदन खुला गरिएको थियो। बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँड गरिएको बैंकले जनाएको छ।