सुनको मूल्यमा गिरावट, तोलामा १७ सय रुपैयाँले घट्यो

काठमाडाैं । नेपाली बजारमा निरन्तर बढीरहेकाे सुन मूल्य मंगलबार घटेकाे छ । गत आइतबार ताेलामा १००० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला १७ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। गत आइतबार छापावाल सुन प्रतिताेला १ लाख ८६ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।यस्तै आज चाँदी पनि प्रतिताेला १५ रूपैयाँले घटेकाे छ । गत आइतबार तोलामा १९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर १९४५ रुपैयाँ कायम भएको हो ।