प्रि ओपन सेसन : नेप्से करिब साढे १६ अंक बढ्यो

 काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १६ अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात गत आइतबार ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.४३ अंक बढेर २६७८.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.४४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५६ स्टकको ९८ पटकको कारोबारमा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँबराबरको ५० हजार ७५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।