नेपाल एयरलाइन्सले न्यारोबडी र वाइडबडी जहाजको ऋण किस्ताबापत ५३ करोड भुक्तानी

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण किस्ता भुक्तानी गरेको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये २०८१ चैत मसान्तसम्मका लागि दुई न्यारोबडी जहाजको पूर्ण र दुई वाइडबडी जहाजको आंशिक किस्ता गरी चैत ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो।

निगमका अनुसार हालको व्यवस्थापनले नेतृत्व सम्हालेपछि २०८१ चैत मसान्तसम्म कुल ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण किस्ता भुक्तानी गरिसकेको छ।